बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

बुधबार, ११ जेठ २०७९, ११ : ३७
बुधबार, ११ जेठ २०७९

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।

कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताएका छन् । बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ ।

क्यानले राष्ट्रिय सम्झौतामा रहेका खेलाडीहरूको तलबमा वृद्धि गरको छ । जसअन्तर्गत ए ग्रेडमा रहेका खेलाडीहरूको १० हजार बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप