किन आएनन् सलमान खान नेपाल, बिक्री भइसकेको टिकट के हुन्छ ?
बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौ‌मा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ ।
ओडिसी इन्टरटेनमेन्टले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको तथा स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाका कारणसमेत देखाउँदै हाललाई कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ ।
सो कार्यक्रममा सलमान खानसहित आउने स्वदेशी र विदेशी कलाकारहरू मध्ये चर्चित भारतीय नायिका ज्याकलिन फर्नाडिज माथि लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोड्न प्रतिबन्ध लगाएको सन्दर्भमा उनले नेपालको इभेन्टमा आउनलाई अदालतमा दिएको निवेदनमाथि सकारात्मक निर्णय नआएको पनि आयोजकको भनाइ छ ।
तर नेपालमा ज्याकलिन फर्नाडिजको फोटो राखेर होर्डिङ बोर्ड बनाएको, पोष्टर टाँसेको, टिकट बेचेको परिप्रेक्ष्यमा अहिले मुम्बईको टिमले उनको सट्टामा प्रजा हेगेडेलाई पठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर नेपालमा अचानक कलाकार परिवर्तनबारे टिकट काट्ने दर्शकलाई नयाँ अभिनेत्रीको सन्दर्भमा शो हेर्ने वा नहेर्ने संविधानतः अधिकार अनुसार राईट अफ च्वाईसको अवसर दिनुपर्ने देखिएको ओडीसीको भनाइ छ । ‘यदि कसैले अभिनेत्री परिवर्तनको विषय मन नपरेर टिकट फिर्ता लिन चाहेमा हामीले कम्तीमा २ हप्ता म्याद दिएर कलाकार परिवर्तन बारे सार्वजनिक सुचना दिनुपर्ने कानुनी सल्लाहकारको राय सुझाव आयो’, विज्ञप्तिमा भनिएको छ, ‘करोडौं खर्च गरेर कार्यक्रम तयारीको लागि २८ वटा ट्रक भारतीय सिमानामा पुगेको तर लामो बिदाले सोचे अनरुपको भन्सार अनुमतिपत्र प्राप्तिमा भएको ढिलाइ, प्रतिकुल मौसमको कारणले १० वटा ट्रक समेत रोकिएको र विभिन्न प्राविधिक कारण हामीले कार्यक्रम सार्ने निर्णय मन्त्रालय, प्रशासन, भारतीय प्रोडक्सन र आरट्रीस्ट टोलिको सुझावमा गरेको छ।’
यो कार्यक्रम आयोजना गर्न ठूलो लगानी भैसकेको अवस्थामा आफूहरुले नेपालको कानुन अनुसार चल्न कार्यक्रम तत्कालका लागि सार्ने निर्णय गरेकाले समस्यालाई बुझिदिन कम्पनीले आग्रह गरेको छ । अब नयाँ मितिमा चाँडै हुने कार्यक्रममा अहिलेकै टिकटले मान्यता पाउने कम्पनीले स्पष्ट पारेको छ ।
तर पैसा फिर्ता लिन चाहनेले लिन सक्ने पनि उनको भनाइ छ । ‘टिकट निरन्तर गर्न नचाहनेले दर्शकले आफ्नो टिकट लगेर रकम सम्बन्धित प्रभु टेक्नोलोजीमा पूर्ण लक भएर बसेको रकमबाट ससम्मान फिर्ता लैजान आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
टिकट फिर्तामा कुनै समस्या आएमा फोन गरेर निःशुल्क रकम फिर्ता बारे जानकारी लिन वा केन्द्रीय कार्यालय लाजिम्पाटमा आउन समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’