शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा अटो दुर्घटना हुँदा एकको मृत्यु

बुधबार, ११ जेठ २०७९, ११ : ३१
बुधबार, ११ जेठ २०७९

रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाका प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेका अनुसार  दुर्घटनामा परी घाइते भएका तीन जना मध्ये दुई जना स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भएका छन् । गम्भीर घाइते एक जनालाई भने थप उपचारका लागि बुटवल पठाईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप