पार्टीको कार्यकारीणी पदमा रहेका सरकारी शिक्षकलाई राजीनामा दिन नगर प्रमुखको निर्देशन
बुधबार, ११ जेठ २०७९, ११ : ३१
![पार्टीको कार्यकारीणी पदमा रहेका सरकारी शिक्षकलाई राजीनामा दिन नगर प्रमुखको निर्देशन](https://rpcdn.ratopati.com/media/albums/school_7jGXti2i9M.jpg)
बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्रका सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन निर्देशन दिएको छ । नवनिर्वाचित मेयर दिपेश थारूले पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई पार्टीको जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण नगरपालिकामा पेस गर्न पत्राचार गरेका छन् ।
सवै विद्यालयलाई गरिएको पत्राचारमा राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारीणी पदमा रहँदा विद्यालयको पठनपाठन प्रभावित हुने तथा आचरण विपरितको कार्य ठहरिने स्मरण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या