शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उदयपुरको कटारीमा काँग्रेस विजयी

बुधबार, ११ जेठ २०७९, ११ : २५
बुधबार, ११ जेठ २०७९

उदयपुरको कटारी नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । बुधबार विहान आएको मत परिणामअनुसार काँग्रेस उम्मेदवार राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ६ हजार ४१७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराल ५ हजार ९५२ मत पाए । एमालेका ज्ञानेन्द्र श्रेष्ठ ५ हजार ७१५ मत ल्याएर तेस्रो भए । 

उप मेयरमा भने एमाले उम्मेदवार गीता खड्का ६ हजार ४१३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप