काठमाडौंसहित ७ स्थानीय तहको नतिजा आउन बाँकी
काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ ।
यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको फतुवा विजयपुरको नतिजा आउन बाँकी छ । ती स्थानीय तहमा पनि काँग्रेसकै आग्रता रहेको छ ।
विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मंगलबारदेखि मात्रै मतगणना सुरु भएको छ भने काठमाडौं महानगरपालिकाको मतगणना पनि जारी रहेको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी हुने देखिएको छ ।
यसैबीच बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना भने अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार मतदानमा धाँधली भएको भन्दै दलहरुले बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन नदिएका हुन् । त्यहाँ धाँधली भएकाले पुनः निर्वाचन हुनुपर्ने माग समेत उठेकाले के गर्ने भन्नेबारे आयोगले निर्णय गर्न सकेको छैन । बरु त्यहाँका निर्वाचन अधिकृतले बीचैमा राजीनामा दिएपछि थप समस्या उत्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिक्सेल ८ सिरिजको सबैभन्दा सस्तो फोन ल्याउँदै छ गुगल
-
इलाम र सिराहाका एसपी फेरिए
-
जेट एयरवेजका संस्थापक नरेश गोयलले पाए २ महिनाको अन्तरिम जमानत
-
मातातीर्थ औंशीको अवसर पारेर भिभोको नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?
-
जापानमा बालबालिकाको संख्या ४३ वर्ष यताकै कम
-
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह