शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुपको ‘दोख’ २४ असारमा रिलिज हुने

बुधबार, ११ जेठ २०७९, ११ : ०९
बुधबार, ११ जेठ २०७९

अनुप बरालको निर्देशन रहेको फिल्म ‘दोख’ २४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको हो । सामुदायिक वनको मुद्दाको विषयमा निर्माण भएको फिल्ममा बनेको विषयमा भएको दुईवटा गाउँ बीचको किचलो मुख्य कथा भएको छ । सामाजिक द्वन्द्वको कथा समेत समेटिएको ‘दोख’ मनोज अधिकारीले निर्माण गरेका हुन् । फिल्मको कथा अहिले बनिरहेको फिल्म भन्दा भिन्न भएकोले नेपाली दर्शकको मन छुनेमा निर्माण युनिटको भनाई रहेको छ । शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्म राजन कटैतले लेखेका हुन् । 

फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । आभास र पुष्प संगमको संगीत, सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मका भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी हुन् ।

फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दीपक खनाल, युवराज भट्टराई रहेका छन् । फिल्मको  वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप