मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टेक्सस गोलीबारी : प्राथमिक स्कूलका हमलाकर्ताले सुरुमा आफ्नी हजुरआमाको गरे हत्या

बुधबार, ११ जेठ २०७९, १० : ४३
बुधबार, ११ जेठ २०७९

अमेरिकाको टेक्ससस्थित एक प्राथमिक स्कूलमा भएको गोलीबारीमा १८ बालबालिकासहित एकजना शिक्षिकाको मृत्यु भएको छ ।

१८ वर्षीय संदिग्ध बन्दुकधारी साल्भाडोर रामोसले उभाल्डे सहरको रोब इलिमेन्टरी स्कूलमा उक्त घटना गराए । कानुनी निकायको कारबाहीमा उनको मृत्यु भएको छ ।

संदिग्धले सेमी अटोमेटिक राइफल र ह्यान्डगन बोकेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

गोलीबारी उक्त प्राथमिक विद्यालयमा भएको थियो जहाँ ५ देखि ११ वर्षका बालबालिका थिए । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।

एसोसिएटेड प्रेस समाचार एजेन्सीले बताए अनुसार मंगलबार बिहान जब गोलीबारी सुरु भयो तब युएस बोर्डर पेट्रोलका कर्मचारी घटनास्थल नजिकै उपस्थित थिए । त्यसैले उनीहरु तुरुन्त स्कूल पुगे र उनीहरुले ब्यारिकेडको पछाडि भएका आक्रमणकारीलाई मारे ।  

स्थानीय सञ्चारमाध्यमले बताए अनुसार उनी सोही क्षेत्रको उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए भन्ने अनुमान गरिएको छ । उनले दुईवटा मिलिटरी ग्रेड राइफल किनेका थिए र स्कूल जानुअघि हजुरआमाको हत्या गरेका थिए ।

विद्यालयको क्याम्पस भित्रका अवरोधहरू तोड्दै उनले कार घुसाएका थिए र बुलेटप्रुफ ज्याकेट लगाएर कक्षामा प्रवेश गरेका थिए ।

यसलाई सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा भयानक गोलीकाण्डको रूपमा वर्णन गरिएको छ । सन् २०१२ मा कनेक्टिकटको स्यान्डी हुकको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा २० बालबालिका र ६ जना कर्मचारीको मृत्यु भएको थियो ।

सीबीएसका अनुसार संदिग्धसँग एउटा ह्यान्डगन, एआर(१५ सेमी(अटोमेटिक राइफल र धेरै म्यागजिनहरू थिए ।

विद्यालयमा ५ सय बालबालिका अध्ययनरत थिए

उभाल्डे कन्सोलिडेटेड इन्डिपेन्डेन्ट स्कुल जिल्ला प्रहरी प्रमुख पीट अर्डोडोनले स्थानीय समय अनुसार दिउँसो ११स्३० बजे गोलीबारी सुरु भएको बताए । आक्रमणकारी एक्लैले यो जघन्य अपराध गरेको’ अनुसन्धानकर्ताहरूको विश्वास छ ।

उभाल्डे कन्सोलिटेडेट इन्डिपेन्डेन्ट स्कूल डिस्ट्रिक्ट स्यान एन्टोनियो शहरबाट करिब १३५ किलोमिटर टाढा छ । स्कूलबाट विद्यार्थीलाई निकालिएको र यसमा करिब ५ सय बालबालिका पढ्ने गरेको बीबीसीलाई बताइएको छ ।

स्थानीय अस्पतालहरूले विद्यालयका विद्यार्थीहरूको आकस्मिक सेवाबाट उपचार भइरहेको जानकारी दिएका छन्।

६६ वर्षीया महिला र १० वर्षीया बालिकाको अवस्था चिन्ताजनक रहेको विश्वविद्यालय स्वास्थ्य अस्पतालका अधिकारीहरूले बताएका छन् ।

उभाल्डे मेमोरियल अस्पतालले फेसबुकमा १३ जना बालबालिकालाई एम्बुलेन्स वा बसबाट अस्पताल ल्याएको जानकारी दिएको छ ।

उभाल्डेका मेयर डन म्याकलफलिनले एबीसी न्यूजसँग टेक्स्ट मेसेजमा भने, ‘यो निकै खराब स्थिति हो ।’

सीबीएसका अनुसार एफबीआईले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ ।

राष्ट्रपति बाइडेनले के भने ?

ह्वाइट हाउसमा आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो गोलीबारीबारे कुरा गर्दा गर्दा आफू थाकिसकेको बताएका छन् ।  उनले बन्दुकमाथि नियन्त्रणबारे पनि कुरा गरे ।

उनले ह्वाइट हाउस र अन्य अमेरिकी संघीय भवनहरूमा उभाल्डे पीडितहरूको सम्मानमा झण्डा आधा झुकाउन आदेश दिएका छन् ।

बाइडेनले भने, ‘यस्तो प्रकारको सामूहिक गोलीबारी संसारमा निकै विरलै हुन्छ । किन ? अन्य देशहरूमा मानसिक स्वास्थ्य समस्या छ, उनीहरूमा घरेलु विवादहरू छन् । तर अमेरिकामा जस्तो बारम्बार यस्तो गोलीबारी हुँदैन। यस्तो खालको मारकाटका बीच हामी यसरी किन बस्न चाहन्छौँ ? ’

उनले भने, ‘हामीले किन यो निरन्तर हुन दिइरहेका छौं ? अब यो पीडालाई कार्यमा परिणत गर्ने समय आएको छ । प्रत्येक अभिभावकको लागि, यो देशका प्रत्येक नागरिकको लागि । हामीले यस देशका प्रत्येक निर्वाचित अधिकारीलाई अब काम गर्ने समय हो भनी स्पष्ट पानु पर्छ ।’

बाइडेनले भने, ‘हतियारका लागि नयाँ कानुनमा अवरोध गर्नेहरूका लागि समय आएको छ । हामीले तपाईंलाई भन्नुपर्छ कि हामीले यो बिर्सनेछैनौँ ।  हामीले धेरै गर्न सक्छौँ र हामीले यस्ते गर्नैपर्छ ।’


बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप