आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै
बुधबार, ११ जेठ २०७९, १० : ३९
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।
आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । लखनउ डेब्यु सिजन नै प्ले अफ पुगेको हो । लखनउले १८ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेको हो । बैंगलोर भन्दा चौंथो स्थानमा रहदै प्लेअफ खेल्न लागेको हो । बैंगलोरले लिग चरणमा १६ अंक जोडेको थियो । दुई टोलीबीचको पहिलो खेलमा बैंगलोर १८ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी