शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा बालेनलाई २० हजारको अग्रता

बुधबार, ११ जेठ २०७९, ०८ : ३७
बुधबार, ११ जेठ २०७९

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् । 

१ देखि १२ र १८ देखि ३२ नम्बर वडाको मत परिणाम घोषणा भइसकेको छ । यस्तै १३ देखि १७ नम्बर वडाको मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप