शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

बुधबार, ११ जेठ २०७९, ०६ : ५६
बुधबार, ११ जेठ २०७९

संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ ।

त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरू भने सामान्य जनसंख्याको लागि समग्र जोखिम कम रहेको बताउँछन् । युरोप, अष्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ। यसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुन्छन् - तर संक्रमण सामान्यतया हल्का हुन्छ। युएईका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसालै पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा यसको सङ्क्रमण देखिएको र अहिले उनको उपचार भइरहेको छ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप