बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खुम्चियो महिला नेतृत्व

बुधबार, ११ जेठ २०७९, ०६ : १७
बुधबार, ११ जेठ २०७९

गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् । मकवानपुर मा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमे को हो ।

२०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ ।

स्थानीय तह निर्वाचनमा नौ जना महिला नेतृ उपप्रमुख र उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुख र उपाध्यक्षमा गरी चार जना महिलामा सीमित भएको छ । १० स्थानीय तह रहेको मकवानपुरमा यस पटक नेकपा एमालेले बकैया गाउँपालिकामा अध्यक्ष, हेटौँडा उपमहानगर पालिका र थाहा नगर पालिकामा उपप्रमुख तथा बाँकी सात गाउँपालिकामा उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको थियो ।

नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच नौ वटा पालिकामा चुनावी गठबन्धन भएपनि हेटौँडा उपमहानगर पालिकामा प्रमुख र तीनवटा पालिकामा मात्र उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा गएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप