काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी
मङ्गलबार, १० जेठ २०७९, २२ : ५२
काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चूडामणि बज्राचार्य निर्वाचित भएका छन् । सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भएका छन् । सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भएकी छन् ।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ । कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न