बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कालिका लघुवित्तको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त

मङ्गलबार, १० जेठ २०७९, २२ : ४८
मङ्गलबार, १० जेठ २०७९

पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार उनलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघिका अध्यक्ष कृष्ण खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई सर्वसम्मत चयन गरेको बताइएको छ । महाशीला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप