शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्नेक आइल्याण्डः एक वर्ग किमीको यो सानो टापु युक्रेन–रुस युद्धमा यति महत्त्वपूर्ण किन ?

मङ्गलबार, १० जेठ २०७९, २२ : ३७
मङ्गलबार, १० जेठ २०७९

स्नेक आइल्याण्ड युक्रेन र रुस दुवैका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। यो टापुबाट कृष्ण सागरसम्म पुग्न सकिन्छ, जुन व्यापार र हतियार आयातको महत्वपूर्ण मार्ग हो। रूसले यो टापुलाई आफ्नो नौसेनाको महt\त्वपूर्ण आधार बनाउन सक्ने देखिएको छ। 

‘यस टापुमाथि जसले नियन्त्रण गर्छ उसले दक्षिणी युक्रेनको कुनै पनि जहाजको आवगमनमाथि नियन्त्रण गर्न सक्छ ,’ युक्रेनका गुप्तचर विभागका प्रमुखले भने । रुसले युक्रेनमा आक्रमण गरेदेखि नै स्नेक आइल्याण्डलाई धेरै महत्व दिन थालेका थियो । त्यसैले सुरु तिरै उसले कृष्ण सागरमा रहेको यो चट्टानी टापु कब्जामा लियो । यो टापु रणनीतिक रुपमा महत्वपूर्ण युद्धस्थल बनेको छ।

युक्रेनले उसको लडाकु विमान, हेलिकप्टर र ड्रोनमार्फत यो टापु फिर्ता लिने प्रयास गरेको र त्यसमा उसले ठूलो क्षति बेहोरेको रुसले दाबी छ। युक्रेनले भने आफूले स्नेक टापु र त्यस वरपरका डुङ्गामा सीमित गरेको बताएको छ।

स्नेक आइल्याण्ड आकारमा एक वर्ग किलोमिटर मात्रै छ। कृष्ण सागरको पश्चिमी भेगमाथि नियन्त्रण कायम गर्न यो टापुको महत्वमा कुनै शंका छैन।

‘यदि रुसी सेनाले स्नेक आइल्याण्डमा पूर्ण कब्जा जमाएर यसमा आफ्नो लामो दूरीको वायु रक्षा प्रणाली स्थापना गर्यो भने उसले कृष्ण सागरको उत्तर–पश्चिमी भेग र दक्षिणी युक्रेनको भूमिमाथि नियन्त्रण जमाउन सक्छ,’ युक्रेनी सैन्य विशेषज्ञ ओलेह झ्डानोभले भने ।


’गेम चेन्जर साबित हुन सक्छ’

स्नेक आइल्याण्ड नेटो सदस्य रोमानियाको तटबाट ४५ किलोमिटर मात्र टाढा छ । बेलायती नौसेना विश्लेषक जोनाथन बेन्थमले टापुमा रुसी एयर मिसाइल प्रणाली तैनाथ गर्न सके ठूलो ’गेम चेन्जर’ साबित हुने विश्वास व्यक्त गरेका छन्। 

यदि रूसले मिसाइल प्रणाली तैनाथ गर्न सफल भयो भने, यसले ओडेसालाई मात्र होइन नेटो सदस्य रोमानियाको दक्षिणी किनारलाई पनि खतरामा पार्नेछ। ‘यो रोमानियाको सरकार र जनताका अतिरिक्त सम्पूर्ण नेटो गठबन्धनको लागि जोखिमपूर्ण हुनेछ। यदि रुसले स्नेक आईल्याण्डमा स्थायी आधार बनायो भने उरोमानियाका पूर्वी शहर र सैन्य अड्डा नष्ट गर्न सक्षम हुनेछ ’रोमानियाली इतिहासकार डोरिन डोब्रिन्कुले चेतावनीपूर्वक भने ।

कसरी स्नेक आइल्याण्डले युरोपको प्रवेशलाई रोक्न सक्छ

रुसी सैन्य–राजनीतिक विश्लेषक अलेक्ज्याण्डर मिखाइलोभका अनुसार स्नेक आइल्याण्डमा रहेका सेनाले उत्तर–पश्चिमी कृष्ण सागर र दक्षिण–पूर्वी यूरोपको प्रवेशद्वार डेन्युब डेल्टाको यात्रुवाहक जहाज नियन्त्रण गर्ने स्थितिमा हुन्छन् ।

‘अझ त्यहाँ सैन्य आधार वा सैन्य पूर्वाधार राख्न सकियो भने डेन्युब नदीमा प्रवेश गर्ने पानीजहाजमाथि नियन्त्रण कायम गर्न सकिन्छ,’ रुसी सञ्चारमाध्यमसँगको कुराकानीमा भने ।

रोमानियाको युरो–एट्लान्टिक रिसिलियन्स सेन्टरका अनुसार रुसले टापुलाई गाभेर कृष्ण सागरबाट टर्कीको बोस्फोरससम्मको ढुवानी मार्गहरू नियन्त्रण गर्ने लक्षमा अघि बढिरहेको छ। 

ऐतिहासिक रूपमा, स्नेक आइल्याण्ड रोमानियाको भाग थियो। सन् १९४८ मा सोभियत संघ बनेको थियो । सोभियत संघले टापूलाई राडार बेसको रुपमा प्रयो गर्यो । रोमानिया सन् १९८९ सम्म सोभियत प्रभावमा परेपछि बुखारेस्टले टापूलाई औपचारिक रुपमा संघलाई दिने निर्णय गर्यो ।

सोभियत संघको पतनपछि त्यसको एक हिस्सा युक्रेनले टापूलाई नियन्त्रणमा लियो । अन्ततः सन् २००९ मा न्यायको अन्तर्राष्ट्रिय न्यायालयले टापुको क्षेत्रीय सीमा निर्धारण गर्यो । जस अनुसार टापु नजिकैको कृष्णसागर महाद्वीपीय शेल्फको लगभग ८० प्रतिशत रोमानिया र बाँकी युक्रेनलाई दिएको थियो।

स्नेक आइल्याण्ड रणनीतिक रुपमा मात्र महत्वपूर्ण छैन, यसको वरपर कृष्ण सागर क्षेत्रमा ठूलो परिमाणमा पेट्रोलियम भण्डारण छ। तसर्थ, हेग शासनको अर्थ दुबै देशहरूमा पेट्रोलियम र ग्यासको भण्डार छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप