
उपमेयरका उम्मेदवारले दिए पार्टीबाट राजीनामा

सत्ता गठबन्धन तर्फका तुलसीपुर उपमहानगरपालिकामा उपमेयर पदको उम्मेदवार बनेका एकीकृत समाजवादीका दाङका इन्चार्ज जोगबहादुर रानाले पार्टीबाट राजीनामा दिएका छन् । पराजितको नजिक नजिक पुगेका रानाले आफूलाई पार्टी र गठबन्धनले धोका दिएको दाबीसहित राजीनामा दिएका हुन् । उनले राजनीतिक नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
उप मेयरका उम्मेदवार रानाले आफूले पार्टीभित्र निर्वाह गर्नसक्नुपर्ने भूमिका निर्वाह गर्न नसकेको प्रष्ट पार्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले नैतिकताका आधारमा एकीकृत समाजवादी दाङको इन्चार्जबाट राजीनामा दिएको सबैमा जानकारी गराउँदछु । राजीनामा मैले हाम्रो पार्टीभित्र निभाउन सक्ने भूमिका निभाउन सकिन । तर मुलुकको भविष्य एकीकृत समाजवादी मै छ । म आगामी दिनमा पार्टीलाई यो मुलुकको ठूलो पार्टी बनाउन निरन्तर लागि पर्नेछु । ’
उपमहानगरपालिकामा विजय बनाउन नसकेको भन्दै नैतिकतामा आधारमा राजीनामा दिएपनि पार्टी संगठन विस्तारका लागि आफू निरन्तर लागि पर्ने र मुलुकको भविष्य निर्धारण पनि एकीकृत समाजवादीको काँधमा रहेकाले राजीनामा बाट उपमहानगरपालिकावासी र पार्टी कार्यकर्तालाई बिचल्लित नहुन पनि समेत आग्रह गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको नेकपा एमालेकी उपमेयर उम्मेदवार स्यानी चौधरीभन्दा गठबन्धनका तर्फका उपमेयर पदका उम्मेदवार राना तीन हजार दुईसय मतले पछि परेका छन् । चौधरीले रानालाई सुरुवातदेखि नै पछि पार्दै आइरहेकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ