बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

बीमा अभिकर्ता बन्न अनलाइनबाटै सम्पुर्ण प्रकृया पुरा गर्न सकिने
मङ्गलबार, १० जेठ २०७९, २२ : १३
मङ्गलबार, १० जेठ २०७९

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरिएको छ ।  बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको   अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा सुरु गरेका थिए ।  

बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुका लागि पनि अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।  कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने,  “यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पु¥याउन मद्दत गर्ने छ ।”  

संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप