शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा फेरि चिरिबाबु विजयी (तस्बिरहरु)

मङ्गलबार, १० जेठ २०७९, २१ : ३९
मङ्गलबार, १० जेठ २०७९

ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जन पुनः दोहोरिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् । मेयर पदमा महर्जनले ४२ हजार ७२२ मत ल्याए । उनका निकट निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ५६० मत ल्याएर पराजित बने । 

यस्तै उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । महानगरका २९ वडामध्ये काँग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) तीन,  नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप