
खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो ।
खोरेत रोगबाट धमाधम पशुहरू मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए ।
नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरूमा खटिएका छन् । तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खटाइएको हो । खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरू मर्ने गरेको पाइएको छ ।
घरपालुवा जनावरमा खोरेत देखिएपछि किसानहरू चिन्तित भएका वडाध्यक्ष फुनी सिंह बोहराले जानकारी दिए । मकै लगाउने, रोपाइँ गर्ने समयमा गोरुहरूमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरुले बताएका छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ