शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

मङ्गलबार, १० जेठ २०७९, २१ : २६
मङ्गलबार, १० जेठ २०७९

तनहुँको व्यास नगरपालिका–५ तल्लो गुणादीमा ना.४ ख ८४४५ नम्बरको बसले ग.२० प ६३३६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेका छन् ।  

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २० वर्षीय सुसिर थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि पोखरातर्फ लगिएको छ । 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप