शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा (बहुमत)ले नियमित स्कुलिङ चलाउने

मङ्गलबार, १० जेठ २०७९, २१ : २४
मङ्गलबार, १० जेठ २०७९

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले विचारधारात्मक तथा राजनीतिक कार्यमा मालेमावादी नियमित स्कुलिङ चलाउने निर्णय गरेको छ । यही जेठ ६ देखि ९ गतेसम्म काभ्रेको बनेपामा बसेको बैठकले व्युरोस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पार्टी तथा  संगठनलाई पुनर्गठन गर्ने तथा कम्युनिष्टहरुको कार्यगत एकता गर्ने निर्णय पनि गरेको छ । यस्तै २०७७ साल फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग वार्ता गर्न हेमन्तप्रकाश ओलीको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पार्टीको नवौं महाधिवेशन आउँदो फागुन १ गते गर्ने र आफ्नो पार्टीका नेता तथा कार्यकर्तामाथि लागेका झूटा मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप