बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना४ख ८४४५ नंको बसले विपरीत दिशामा गुडिरहेको ग२०प ६३३६ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । बसको ठक्करबाट सख्त घाइते स्कुटर चालक सोही ठाउँ निवासी २० वर्षीय सुसिर थापालाई पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका लागि पठाइएको छ ।
सवारी दुर्घटनामा परी मृत्यु भएकी महिला घाइते सुसिरकी आमा भएको प्रहरीले जनाएको छ । सो बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
-
‘फौजी’को सेटमा घाइते भए प्रभास
-
पाकिस्तानलाई हराएपछि उत्साही नेपालले बलियो भारतलाई दियो ९५ रनको लक्ष्य