
सेन्ट लरेन्समा ‘यौन दुव्र्यवहार’ प्रकरण : दुई शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमती

चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत गौशालाले क्याम्पसका कोअर्डीनेटर काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।
आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरु विरुद्ध ३ जना छात्राले बाल यौन दुव्र्यवहार गरेको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दिनेमा कक्षा ११ र १२ अध्ययनरत छात्रा छन् ।
आरोपीले विद्यार्थीहरुलाई अनैतिक रुपमा छुने तथा आफ्नै घरमा बस्न र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ । पटक–पटक क्याम्पस व्यवस्थापनलाई घटनाबारे जानकारी दिँदा सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ