
झापालाई तीन अंकको अग्रता, दबाबमा वीरगन्ज र ओसिस

सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगको अब तीन चरणका खेल बाँकी रहेका छन् ।
तीन खेल बाँकी रहँदा झापा फुटबल क्लब २५ अंकसहित शीर्षस्थानमा छ । झापाले तीन अंकको अग्रता बनाएको छ । यस्तै प्लानिङ ब्वाईज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमी समान २२ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।
जारी लिगबाट शीर्ष दुई टिम बी डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारको दुई टिम सी डिभिजन छनोटमा घटुवा हुनेछ । यस्तै महावीर क्लब १८ अंक सहित चौथो, १६ अंकको सानेपा पाँचौँ स्थानमा छन् । समान १४ अंकका पुलचोक स्पोर्टस् क्लब र समाज कल्याण खेलकुद केन्द्र क्रमशः छैटौँ र सातौं स्थानमा छन् ।
खालीवाली यूथ एफसी र मनोहरा युनाइटेड क्लब १३ अंकसहित आठौं र नवौं स्थानमा छ । यस्तै रानीवारी स्पोर्टस् साँगाको नौं अंकसहित १२औं स्थानमा छ । यता, चार अंकसहित ओसिस क्लब र वीरगन्ज यूथ एकेडेमी क्रमशः १३औं र १४औं स्थानमा छ । दुवै टोली रेलिगेसनको संघारमा छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ