शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको मतगणना सुरु

मङ्गलबार, १० जेठ २०७९, १९ : ४४
मङ्गलबार, १० जेठ २०७९

पोखरा महानगरको मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि राखिएको महानगरको मतगणना पुनः सुरु भएको हो । पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मतभन्दा कम भएपछि एमालेले अवरोध गरेको थियो । 

यस वडामा एमाले उम्मेदवार ३ मतले पराजित भएका छन् । तर मत खसेको भन्दा बाकसमा ९ मत कम रहेको जनाइएको छ । एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।

लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले अरू बाँकी वडाको गणना सुरु गरेको हो । अहिले एमाले पनि सहभागी भएको छ । एमालेले पुनः मतगणनाको माग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप