चुनाव सकिएसँगै बैंकमा पैसा फर्कियो, बैंकहरुले लगानी बढाउँदै
![चुनाव सकिएसँगै बैंकमा पैसा फर्कियो, बैंकहरुले लगानी बढाउँदै](https://rpcdn.ratopati.com/media/albums/bank_rJzxCqc0T0_eYM0fR65D6.jpg)
स्थानीय निर्वाचन, २०७९ सकिए लगत्तै बैंकमा पैसा फिर्ता हुन थालेको छ । चुनावको मुखमा पैसा बाहिरिए पनि पछिल्लो समय पुनः बैंकमा निक्षेप (डिपोजिट) बढ्न थालेको हो ।
बैंकर्स संघले दिएको रिपोर्ट अनुसार यस हप्ता अर्थात् वैशाख ३० गतेदेखि जेठ ६ गतेसम्ममा बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । समीक्षा अवधिका ७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो २७ वटा वाणिज्य बैंकहरुको मात्र तथ्याङ्क हो ।
उसो त अघिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि ३० गतेसम्म यस्तो निक्षेप बैंकहरुले ३ अर्ब रुपैयाँले गुमाउँदै ४३ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरेका थिए । जुन स्थानीय तह निर्वाचनको विशेष समय थियो ।
यस्तै, निर्वाचन लगत्तै यता बैंकहरुको कर्जा लगानी समेत बढेको छ । अघिल्लो हप्ता अर्थात् वैशाख २३ देखि ३० गतेसम्म २ अर्ब रुपैयाँले गुमाउँदै ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता ३ अर्ब रुपैयाँले लगानी बढाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाअध्यक्ष शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने एमालेको निर्णय
-
अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय दिवस मनाइयो
-
बाँदरको बन्ध्याकरणका लागि ऐन, कानुन बनाउन विज्ञको सुझाव
-
सरकारी खर्च मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड
-
सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चार जना पक्राउ
-
हातमा हतकडी र खुट्टामा सिक्री, यसरी गरिएको थियो अमेरिकाबाट भारतीयहरूलाई निर्वासित