
सुन भन्दै फलामका ढिक्का बिक्री गरेको आरोपमा दुई जना पक्राउ

रुपन्देहीमा सुन भन्दै पहेँलो रङको फलामका ढिक्का बिक्री गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धन बहादुर सुनार र अर्घाखाँचीको मालारानी गाउँपालिका घर भई रुपन्देही कञ्चन गाउँपालिका १ हात्तीबजार बस्ने ३७ वर्षीय नवीन भन्ने देव बहादुर मगरलाई पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले उनीको साथबाट सुन जस्तो देखिने पहेँलो पदार्थलगायतको फलामको ढिक्का ९, विभिन्न कम्पनीका मोबाइल सेट ४ थान, गोल्डेन रंगसहितको बट्टा १ थान र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरेको बताए ।
उनीहरुले सैनामैना नगरपालिकाको एक होटलमा पीडितलाई बोलाएर सुन जस्तो देखिने गोल्डेन कलरको फलामको ढिक्का दिएर रकम दिइ फरार भएका थिए । पीडितले दिएको उजुरीका आधारमा अभियुक्तहरूलाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ