गरिब तथा विपन्न परिवारलाई सरकारले सुविधा कार्ड उपलब्ध गराउने
मङ्गलबार, १० जेठ २०७९, १९ : ००
गरिब तथा विपन्न घरपरिवारलाई सरकारले सुविधायुक्त परिचयपत्र (सुविधा कार्ड) उपलब्ध गराउने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले पहिचानका आधारमा यस्ता गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।
परिचयपत्र वितरण गरी गरिब तथा विपन्न घरपरिवार लक्षित सेवासुविधालाई सोही परिचयपत्रसँग आवद्ध गरिने समेत बताएको छ । यस्तै हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकाङ्कमा पहाडी परेका जिल्लामा समेत विस्तार गरिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा