शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै हो : एमाले सचिव भट्टराई

मङ्गलबार, १० जेठ २०७९, १८ : ३५
मङ्गलबार, १० जेठ २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिएका छन् । 

सरकारले मंगलबार संसद्‍मा पेस गरेको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया दिँदै सचिव भट्टराईले व्यापार घाटा, मुद्रास्फीति बढेको, मूल्यबृद्धि बढेको विदेशी लगानी घटेको, राजश्व सङ्कलन हुन नसकेको र पुँजीगत खर्च समेत हुन नसकेको अवस्थामा सरकारले ल्याएको कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको बताएका हुन् ।

‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक सङ्कट हामीले सामना गर्नु पर्ने हुन्छ । मुलुक त्यतातिर जाँदैछ’, भट्टराईको भनाइ छ । उनले सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गरे । ‘यो नीति तथा कार्यक्रम समयको बर्बादी मात्र हो । यो सरकार जति समय रहन्छ त्यो पनि समयको बर्बादी हो’, भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप