छेपारे संसार भन्दै दीपकराज गिरिको व्यङ्ग्य : एक्ला हर्क राई आज भीडमा घेरिए
मङ्गलबार, १० जेठ २०७९, १८ : २६
कलाकार दीपकराज गिरिले शक्तिको पछाडि दौडिनेहरूलाई कडा व्यङ्ग्य प्रहार गरेका छन् । उनले कोही व्यक्ति पदमा नहुँदा गाली गर्दै हतोत्साहित गर्नेहरु नै अहिले त्यही शक्तिमा पुग्दा चाहिँ जुलुस गर्न तयार भएको भन्दै प्रहार गरेका छन् ।
छेपारे संसार भन्दै सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘रेणुलाई गाली गर्नेहरू बधाई दिन थाले ! बालेनले ५००० मत कटाउँदैन भन्नेहरू विजय जुलुसमा जान तयार छन् ! एक्ला हर्क राई आज भीडमा घेरिए, छेपारे संसार ।’