शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने

मङ्गलबार, १० जेठ २०७९, १७ : ५६
मङ्गलबार, १० जेठ २०७९

सरकारले प्रत्येक नागरिकले स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली एचएआर लागू गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य संस्थामा हुने सबै मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था लागू गरिने बताइन् ।  

यस्तै, पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने बताएकी छन् ।  आम नागरिकको सशक्त सहभागितामा स्वस्थ जीवनशैली माध्यमबाट नसर्ने रोग न्यूनिकरणका लागि नागरिक आरोग्य अभियान मार्फत निरोगी नेपाली अभियानलाई सञ्चालन गरिने राष्ट्रपति भण्डारीले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप