
प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

सरकारले आगामी आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कामलाई अघि बढाउने जनाएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको रंगशाला बनाउने नीति लिइएको हो ।
गैँडाकोटमा विपि कोइराला अन्तर्राष्ट्रिय खेल मैदान निर्माण गर्ने जनाएको छ । यस्तै सबै स्थानीय तहमा खेल मैदान निर्माण गर्दै लैजाने नीति लिइने जनाइएको छ । यस्तै खेलकुद तालिम दिँदै जाने र खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने जनाइको छ । यस्तै भरतपुरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने जनाइएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ