मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हार स्वीकार्दै ब्यञ्जनकारले दिए चिरिबाबुलाई बधाई

मङ्गलबार, १० जेठ २०७९, १७ : ४३
मङ्गलबार, १० जेठ २०७९

नेकपा एमाले ललितपुर महानगर मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयूक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ब्यञ्जनकारले केही मतगणना हुन बाँकी हुँदै मेयरमा चिरिबाबु महर्जन विजयी भएको भन्दै बधाई दिएका हुन्।

काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। ‘मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरिबाबु महर्जनलाई विजय हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’ ब्यञ्जनकारले सामाजिक सञ्जालमा लेखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप