शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनगढीका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा सहुलियत दिइने

मङ्गलबार, १० जेठ २०७९, १७ : ४१
मङ्गलबार, १० जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई नीजि अस्पतालमा उपचार गर्दा सहुलियत दिने सहमति भएको छ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र नेपाल निजी अस्पताल संघका अध्यक्ष जनकराज जोशीसहित पदाधिकारीबीच मंगलबार बसेको बैठकले नीजि अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई सहुलियत दिने सहमति गरेको हो ।

सबै नीजि अस्पतालमा उपचारका लागि जाने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई  निःशुल्क ओपिडी सेवा प्रदान गर्ने सहमति भएको जनाइएको छ । ‘७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपिडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने र औषधिमा समेत ५ प्रतिशत सहुलियत दिने’ सम्झौतापत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप