शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री संसद बैठकमा जाँदै गर्दा ‘गाँजा वैध बनाउनुपर्छ’ भन्दै प्रदर्शन गर्ने ३ जना पक्राउ

मङ्गलबार, १० जेठ २०७९, १७ : २८
मङ्गलबार, १० जेठ २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवनमा जाँदै गर्दा बानेश्वर चोकमा ‘गाँजालाई वैध बनाउनुपर्छ’ भनेर प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पेप्सीकोला बस्दै आएका मदन कोइराला, चिरञ्जीवी खरेल र रविन्स छन् । ‘गाँजाबादी एक हौं’ भनेर प्रदर्शन गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए । 

गाँजा उत्पादन र सेवन बैध बनाउनुपर्ने माग गर्दै युवाहरुले प्रधानमन्त्रीको कारगेड छेकेर प्रदर्शन गरेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरमा राखेको छ । उनीहरुले गाँजा खान पाउनुपर्ने जिकिर गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप