बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

‘केटाहरू हुन्, गल्ती गरिहाल्छन् नि, अब यस्तो कुरा चल्दैन’

मङ्गलबार, १० जेठ २०७९, १७ : १२
मङ्गलबार, १० जेठ २०७९

अप्रिल २०१४ मा तत्कालीन समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवले बलात्कारीलाई मृत्युदण्डको सजायको विरोध गर्दै ‘केटाहरू हुन् गल्ती भइहाल्छ’ भनेका थिए ।

त्यसपछि मुरादाबादको र्‍यालीलाई सम्बोधन गर्दै मुलायम सिंह यादवले भनेका थिए, ‘पहिले केटीहरूले मित्रता गर्छन् । केटा र केटीमा मतभेद  उत्पन्न हुन्छ । मतभिन्नतापछि उनीहरुले बलात्कारको नाम दिन्छन् । केटाहरूबाट गल्ती हुन्छ । के बलात्कार मुद्दामा फाँसी दिने ?’

त्यतिबेला मुलायम सिंहको यो भनाइको निकै आलोचना भएको थियो । मुलायम सिंहको यो भनाइलाई उद्धृत गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार विधानसभामा विपक्षी दलका नेता अखिलेश यादवलाई निशाना बनाएका छन् ।

राज्यमा अपराधका मुद्दाहरूमा आफ्नो सरकारको अडानको प्रशंसा गर्दै योगीले भने, ‘कुनै पनि प्रकारको अपराध अक्षम्य छ । महिला हिंसामा सरकार थप कडा छ । यो भारतीय जनता पार्टीको सरकार हो । यहाँ अपराधीहरूको बारेमा केटाहरूले गल्ती गर्छन् भनेर भनिएको छैन । दोषी जोसुकै भए पनि सहने छैन । विपक्षी नेता आफैंले कारबाही गर्छौं भन्ने स्वीकार गरेका छन् । गुण्डागर्दीको पर्यायवाची बनेका हरेक अपराधीलाई समाजवादी पार्टीले संरक्षण गर्दै आएको छ । कानुन व्यवस्थामा सुधार भएर मात्रै हामी सत्तामा पुनः आएका हौँ ।’

योगीले भने, ‘आधा जनताले कानुन र व्यवस्थाको कडाइका आधारमा हामीलाई समर्थन गरेका हुन् । सरकारले अपराध र अपराधीको कुद्धामा कुनै वास्ता नगरीकन कारवाही गर्न जारी राख्नेछ ।  कसैले खुलेर अपराध गरेमा स्वीकार गरिने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप