बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा २३७ केजी गाँजासहित ६ जना पक्राउ

मङ्गलबार, १० जेठ २०७९, १६ : ५६
मङ्गलबार, १० जेठ २०७९

सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका–१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका–१३ बस्ने  १७ वर्षीय किशोर र सोही नगरपालिका–१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् । 

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले कान्छा मानको घर तलासी गर्दा उक्त गाँजा भेटिएको हो । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप