बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गहुँपछि चिनीको निर्यातमा नियन्त्रण गर्दै भारत, विश्वभर खाद्यान्नको मूल्य बढ्ने जोखिम

मङ्गलबार, १० जेठ २०७९, १६ : ४९
मङ्गलबार, १० जेठ २०७९

भारतले ६ वर्षमा पहिलो पटक चिनीको निर्यातमा सीमा तोक्ने योजना बनाएको छ। देशभित्र उपभोग्य वस्तुको मुल्य निरन्तर बढिरहेको परिप्रेक्ष्यमा सरकारले पूर्व तयारी स्वरुप यस्तो निर्णय लिन लागेको हो । सरकारले यो आर्थिक वर्षको लागि १ करोड टनभन्दा बढी चिनी निर्यात गर्न नपाउने योजना ल्याउँदैछ। 

भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादन गर्ने मुलुक हो । निर्यातको मामिलामा भने भारत ब्राजिलपछि दोस्रो स्थानमा आउँछ।  विश्वको सबैभन्दा ठूलो चिनी निर्यातक मुलुक ब्राजिलमा पनि यो वर्ष चिनीको उत्पादन घटेको छ । त्यसमाथि बढ्दो इन्धन मूल्यका कारण उखु किसान तिनको उत्पादनलाई इथानोल बनाउन प्रयोग गरिरहेका छन्। 

ब्राजिलमा पहिलेदेखि नै उखुबाट बन्ने इथानोललाई पेट्रोलको विकल्पको रुपमा प्रयोग गरिदै आएको छ।  यस्तो स्थितिमा भारतको निर्णयले विश्व बजारमा चिनीको मुल्य बढाउने सम्भावना बढेको छ। 
भारतले सुरुमा ८० लाख टन चिनी निर्यात गरेपछि निर्यात रोक्ने योजना बनाएको थियो । पछि यो वर्षको चिनीको उत्पादन बढ्ने तथ्यांक बाहिरिएपछि उसले निर्यात सिमा १ करोड टन बढाउने योजना बनायो ।  

इण्डियन सुगर मिल एसोसियसनले यस अघि भारतमा ३१० लाख टन चिनी उत्पादन हुने प्रक्षेपण गरेको थियो । एसोसियसनले पछि उसको प्रक्षेपण संशोधन गर्दै ३५५ लाख टन बनायो ।  
भारतीय मिलहरुले हालसम्म २०२१÷२२ को आर्थिक वर्षमा ८५ लाख टन निर्यात गर्ने सम्झौता गरिसकेका छन्। यसमध्ये झण्डै ७१ लाख टन चिनी विक्री नै भईसकेको छ। 

व्यापारीले चिनी मिललाई १ करोड टन विक्री गर्न दिने निर्णयले देशको हित गर्ने तर्क दिइरहेका छन्।   १ करोड टन चिनी निर्यात गरिसकेपछि पनि अक्टोबर १ तिर भारतसँग ६० लाख टन चिनीको मौज्दात बाँकी रहने र त्यति परिणामले डिसेम्बरको चाडपर्वको मागलाई धान्न सक्ने व्यापारीले बताएका छन्।

भारतले यसअघि नै गहुँको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। देशभित्र गहुँको मुल्य बढ्ने स्थितिमा उसले यस्तो निर्णय लिएको थियो । 

बिजनेस स्ट्याण्डर्डबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप