बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

नबिल बैंकको सीईओमा ढुंगानाको ‘इन्ट्री’, अनिल शाह बाहिरिने

मङ्गलबार, १० जेठ २०७९, १६ : ४४
मङ्गलबार, १० जेठ २०७९

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । कम्पनीको विशेष साधारणसभाले बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगानालाई नियुक्त गरेको हो । यससँगै, नबिल बैंकलाई लामो समयदेखि नेतृत्व गर्दै आएका अनिल केशरी शाहले जिम्मेवारी छाड्ने भएका छन् । कम्पनीको विशेष साधारण सभाले निर्णय गरेपनि ढुंगानाले असार १७ गतेदेखि जिम्मेवारी सम्हाल्ने छन् ।

साधारण सभाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेका ढुंगानाले नेपाल बंगलादेश बैंक प्राप्तिपछि जिम्मेवारी सम्हाल्नेछन् । उनको सेवा÷सुविधा नबिल बैंकको सञ्चालक समितिले निर्धारण गर्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप