घाटा बेहोरिरहेका सार्वजनिक संस्थान निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारी
मङ्गलबार, १० जेठ २०७९, १६ : ४३
१

सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वित्तीय रूपमा बोझिला सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । यस्तै, निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाको समेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारी योजना छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण प्रणाली निजी क्षेत्रलाई सुम्पने तयारी गरिरहेको छ । त्यसैको तयारी स्वरूप सार्वजनिक संस्थान सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने राष्ट्रपति भण्डारीले बताएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?