स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ : राष्ट्रपति
मङ्गलबार, १० जेठ २०७९, १६ : ३६
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएकाले लोकतन्त्र जगैदेखि बलियो भएको बताएकी छन् ।
मंगलबार संघीय संसदका दुवै बैठकलाई संयुक्त रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सवैलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेकी छन् । ‘निष्पक्ष, स्वतन्त्र शान्तिपुर्ण र भयरहित रुपमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । यसले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ’, राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यस सुखद पृष्ठभूमिमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई आज संवोधन गर्न पाउदा मलाई गर्वको अनुभूति भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी