बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सेयर बजारमा १६ अंकको सुधार, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशत घट्यो

मङ्गलबार, १० जेठ २०७९, १५ : ४५
मङ्गलबार, १० जेठ २०७९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६ अंक बढेर २२ सय १७ अंकमा पुगेको छ । आज मंगलबार कारोबार सुरू भएदेखि परिसूचक घटबढ गरेपनि अन्तिम समयमा १६ अंकले बढेको हो । यसक्रममा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज कारोबार भएका १३ समूहमध्ये दुई समूहमा गिरावट आएको छ । आज व्यापार र म्युचुअल फण्ड समूहमा गिरावट आएको हो ।

यसबाहेक, अन्य ११ वटा समूहमा सुधार आएको छ । जसमध्ये जीवन बीमा कम्पनी समूहमा ७६ अंकको सुधार आएको छ भने उत्पादनमूलक समूहमा ६० अंक तथा विकास बैंक समूहमा ५३ अंकको सुधार आएको छ । यस्तै, आज जलविद्युत समूहमा ५१ अंक, वित्त समूहमा २८ अंक, होटल एण्ड टुरिजम समूहमा २७ अंक, लघुवित्त समूहमा २५ अंक र निर्जीवन बीमा समूहमा २४ अंक गिरावट आएको छ ।

सेयर बजार दोहोरो अंकले बढ्दा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ७३ रुपैयाँ कमाएका छन् । यससँगै कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३१६ रुपैयाँ पुगेको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । आज १० प्रतिशतले घटेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२२ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप