बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत, उपमेयरमा सुनिताको सर्वाधिक मत

मङ्गलबार, १० जेठ २०७९, १५ : २८
मङ्गलबार, १० जेठ २०७९

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । मंगलबार ३ बजेको आधिकारिक मत परिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् । 

हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् भने काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् । 

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले बालेन शाहले भन्दा पनि बढी लोकप्रिय मत पाएका छन् । डंगोलले ५४ हजार ९१ मत पाउँदा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १ हजार ६५५ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार ९ हजार ७६२ मत पाएको पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप