शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको बौधीमाईमा एकीकृत समाजवादी विजयी

मङ्गलबार, १० जेठ २०७९, १५ : २३
मङ्गलबार, १० जेठ २०७९

रौतहटको बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी हुन् ।

निवर्तमान मेयर एवं जनता समाजवादीबाट मेयरका उम्मेदवार राजीव रन्जन यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी भएका हुन् । यादवले एक सय ८६ मत मतान्तरले जित हासिल गरेका छन् । यादव चार हजार आठ सय १० मत ल्याएर विजयी भए ।

यस्तै, उपमेयरमा नेकपा एसकी प्रमिला देवीले चार हजार आठ सय ९४ मत  प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले चार हजार चार सय ८१ मत ल्याएकी छिन् । यो सँगै नेकपा समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरूले जिल्लाको चार पालिकामा जित हासिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप