शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा

मङ्गलबार, १० जेठ २०७९, १४ : ४८
मङ्गलबार, १० जेठ २०७९

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ । यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कवड्डी टिमद्धारा गरिएको कम्पनीले जनाएको छ । 

टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ । टाटा मोटर्सको यसअघि ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो । 

यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका गाडीहरुको बारेमा विस्तृत जानकारी लिन सकिनेछ । यसका साथै टेस्ट ड्राईभको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै टाटा मोटर्सका ग्राहकहरुका लागि मात्र प्रिभिलेज्ड पार्किङ्गको पनि सुविधा रहेको छ ।

टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उद्देश्यले शो रुमभन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप