बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम

मङ्गलबार, १० जेठ २०७९, १४ : ४६
मङ्गलबार, १० जेठ २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । 

सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन यो गरिएको कार्यक्रम गरिएको हो । जसमा स्थानीयको उत्साहजनक उपस्थिति रहेको  बताइएको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप