शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एएफसी यु–१७ एशियन कप छनोट खेलको तालिका सार्वजनिक

मङ्गलबार, १० जेठ २०७९, १४ : ४१
मङ्गलबार, १० जेठ २०७९

बहराइनमा आयोजना हुने एएफसी यु–१७ एशियन कप छनोट खेलका लागि मंगलवार तालिका सार्वजनिक भएको छ । एएफसीले मंगलवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ ।

चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका छ ।

सिंगल  राउण्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्न लागेका एशियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलवार तालिका सार्वजनिक गरेको हो । १०  समूह अन्तर्गत समूह डीसम्म पाँच टोली रहेका छन्  । यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ । एशियाली पावर हाउस समूह ए मा अटाएको छ भने छिमेकी भारत समूह डीमा समावेश छ । सँगै अर्को दक्षिण एशियाली राष्ट्र माल्दिभ्स पनि समूह डीमा नै रहेको छ । यस्तै भुटान र बंगलादेश समूह ईमा छन् भने श्रीलंका समूह जेमा समावेश छ ।

हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एशियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप