पोखराको मतगणना रोकियो, एमालेका प्रतिनिधि मतगणनास्थलमा अनुपस्थित
पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेले धाँधलीको आरोप लगाउँदै विवाद निकालेपछि मतगणना रोकिएको हो ।
मतगणनास्थलमा अहिले एमालेका प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को मतगणना कार्य रोकिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थलमा उपस्थित भई मतगणना कार्य सुचारु गर्न सहयोग गर्न अनुरोध गरेको छ ।
‘मतगणना कार्य गर्न नेकपा एमाले दलका मतगणना प्रतिनिधिहरू मतगणना स्थलमा अनुपस्थित रहेको कारण बाधा परेकोले तत्काल मतगणना स्थलमा उपस्थित भई मतगणना कार्य सुचारु गर्न सहयोग गर्नुहुन अनुरोध गरिन्छ’, मुख्य निर्वाचन अधिकृत कार्यालय, पोखरा महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि एमालेले वडा नम्बर १८ र ३१ को मतपेटिकामा मुचुल्का तयार गरिएको भन्दा कम मतपत्र पाइएको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दिएको थियो । सो माग सम्बोधन नभएसम्म मतगणना हुन नसक्ने एमालेको अडान छ । पोखरामा मतगणना अन्तिम चरणमा पुग्दा एकीकृत समाजवादी पार्टीका उम्मेदवार धनराज आचार्य विजयी भइसकेका छन् । गन्न बाँकी मत भन्दा उनको मतान्तर धेरै भएपछि विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता