बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ

मङ्गलबार, १० जेठ २०७९, १४ : १०
मङ्गलबार, १० जेठ २०७९

रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।   बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित कालिकानगर राज्यलक्ष्मी पथमा पार्किङमा राखेको लु ५६ प २९०७ मोटरसाइकल  चोरी गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–६ का १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका वडा नं.२ का १८ वर्षीय अभिषेक थारु पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले हराएको मोटरसाइकलको खोजीका क्रममा दुबै जनालाई मोटरसाईकल सहित  पक्राउ गरिएको बताए । दुबै जनालाई सवारी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप