आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१२१ पालिका प्रमुखमा माओवादी विजयी

मङ्गलबार, १० जेठ २०७९, १४ : ०४
मङ्गलबार, १० जेठ २०७९

नेकपा (माओवादी केन्द्र) ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ ।  मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । 
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । 

मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली काँग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । 
अहिले ११ वटा पालिकामा मतगणना जारी रहेको छ । तीमध्ये एक स्थानमा माओवादीको उम्मेदवारको अग्रता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप